जापानको जनसंख्या २०६५ सम्ममा ८८ मिलियन पुग्ने

जापान। जापान सरकारको अनुसन्धान आयोगले सन् २०६५ सम्ममा जापानको कुल जनसंख्या ८८.०८ मिलियन पुग्ने अनुमान लगाएको छ ।

सन् २०१५ मा पुगेको जनसंख्याको तुलनामा ३० प्रतिशत वृद्दी हुने बताईएको हो  । हरेक महिलाहरुमा बच्चा जन्माउने दर सन् २०१२ मा १.३५ थियो भने त्यो दर बढेर सन् २०६५ मा १.४४ पुग्ने जापानको स्वास्थ्य मन्त्रालयको राष्ट्रिय जनसंख्या अनुसन्धान आयोगले जनाएको छ ।

त्यो आयोगले आगामी ५० वर्ष सम्मको जनसंख्याको आँकडा प्रस्तुत गरेको छ । जसका अनुसार सन् २०५३ मा सन् २०४८ भन्दा  जापानको जनसंख्या १०० मिलियन भन्दा केहि कम देखिने बताईएको छ ।

सन् २०६५ मा जापानको कुल जनसंख्याको ३८.४ प्रतिशत मानिसहरु ६५ वर्ष भन्दा बढी उमेर समुहका हुने जनाईएको छ ।जवकी ६५ उमेर नाघेका वृद्दहरुको संख्या कुल जनसंख्याको २६.६ % सन् २०१५ मा पुगेको थियो  ।

जापान सरकारले विभिन्न स्वास्थ्य विमा कम्पनी, सरकारले गरेको सर्वेक्षण द्वारा आएको जनसंख्याको आँकडालाई अनुसन्धान गरेर भविष्यको जापानको जनसंख्याको बारेमा अनुमान निकालेको हो ।

तर टोक्यो नगरपालिका सरकारले नोभेम्वर महिनामा गरेको घोषणा अनुसार टोकियोको जनसंख्या सन् २०६० मा ११.७३ मिलियन पुग्ने जुन सन् २०१५ को तुलनामा १३ % कम हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?