नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा घले

टोकियो । नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा मोहनसिंह घले निर्वाचित भएका छन् । घलेले अध्यक्षका प्रत्यासी बेलुकाजी थापालाई पराजित गरेका हुन् । यस्तै कार्यसमितिको उपाध्यक्षमा पुर्ण चलाउने र विनोद सापकोटा निर्वाचित भएका छन् ।

कार्यसमिति सचिवमा ऋतुकुमार दुरा सर्बसम्मत भएका छन् । यस्तै कुमार मोक्तान सहसचिवमा चयन भएका छन् भने कोषाध्यक्षमा राजविन थापा चयन भए ।

कार्यसमिति सदस्यहरुमा रबिन्द्र श्रेष्ठ, आनन्द कोइराला, मुक्ति सुवेदी, निशान मगर, संगिता कुँवर, शान्तकुमार पहरी र श्रीस मगर चयन भएका छन् ।

अधिवेशनको महासंघका केन्द्रीय सभापति डा. महेन्द्र विष्टले उद्घाटन गरेका थिए । जापान शाखामा ४६ सदस्य रहे पनि ४२ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए ।

महासंघ जापान शाखाका सल्लाहकार भुषण घिमिरेको संयोजकत्वमा पवन वर्षा साह र कृष्ण भण्डारी सदस्य रहेको निर्वाचन मण्डल बनाइएको थियो ।

उद्घाटन समारोहमा प्रवास पत्रकारिता नामक स्मारिका विमोचन गरिएको थियो । स्मारिकाको अध्यक्ष विष्ट, जापान शाखाका निवर्तमान अध्यक्ष तिलक मल्ल, सल्लाहकार घिमिरे र एनआरएन जापानका अध्यक्ष सुदन थापाले संयुक्त रुपमा विमोचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?