चोर पत्ता लगाउन गएका प्रहरी अधिकृत नै चोर भएपछि…

टोकियो । प्रहरीको काम भनेको जनताको जीउ धनको सुरक्षा दिने र समाजमा शान्ति स्थापना गर्ने हो । तर, जापानमा एक यस्ता प्रहरी अधिकृत पक्राउ परेका छन्, जसले ८९ वर्षे बयो बृद्धको पैसामाथि आँखा लगाए ।

जापान प्रहरीले ओसाकाको कैजुकास्थित एक घरमा रकम चोरी गरेको आरोपमा आफ्नै प्रहरी अधिकृतलाई पक्राउ गरेको छ ।
ताकुमी देगुची नामका ती प्रंहरी अधिकृतले ८९ वर्षे बृद्धको घरबाट दुई चरणमा दुई लाख जापानी येन चोरेका थिए ।

गत जनवरी दश तारिखमा उनले आफ्नो पर्स चारी भएको रिपोर्ट प्रहरीमा जायर गरेका थिए । अनुसन्धानका लागि ती प्रहरी वृद्धको घरमा गएका थिए ।

लकरमा पैसा देखेपछि उनी फेरि थप अनुसन्धानका लागि भन्दै फेरि गएर रकम चोरेर फरार भएका थिए । नाम गोप्य राखिएको ती वृद्धले आफ्नो पैसा देगुचीले नै चोरेको भन्दै उजुरी दिएका थिए ।

प्रहरीले अनुसन्धान गर्दा उनी दोषी पाइएपछि पक्राउ गरेर थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?