चितवन समाज जापानको दोस्रो अधिवेशन अगष्ट १२ मा हुने

जापान । चितवन समाज जापानको दोस्रो अधिवेशन आउँदो अगष्ट १२ मा गरिने भएको छ ।समाजका कार्यसमितिका सदस्यहरु विच मार्च ३० मा बसेको बैठकले अधिवेशन सफलतापुर्वक सम्पन्न गर्नका लागि विभिन्न समितिहरु पनि गठन गरेको महासचिव छविलाल सापकोटाले बताएका छन् । 

बैठकले समाजको अधिवेशनअघि क्षेत्रीय समितिहरु गठन गर्नुपर्ने तथा गठन भइसकेका क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । त्यो कामका लागि समाजका केन्द्रिय सदस्य दिपक गौतम ओशाका, समाजका केन्द्रिय सचिव संदेश पोख्रेल नागोया, समाजका सल्लाहकार अर्जुन अधिकारी टोकियो क्षेत्र, समाजका उपाध्यक्ष्य राजन श्रेष्ठ इवाकी र समाजका सल्लाहकार टङ्क गैरेलाइ फ़ुकुओका क्षेत्रका इन्चार्ज रहने गरि समितिले कार्यविभाजन गरेको छ  ।

गतवर्ष आयोजना गरिएको चितवन धमाका २०१६ को प्रायोजकबाट रकम उठ्न बाँकी रहेको भन्दै सो रकम संकलन तथा संयोजनको निम्ति समाजका अध्यक्ष्य कंडेल, कोषाध्यक्ष हरिचन्द्र पौडेल, उपाध्यक्ष्य श्रेष्ठले आवश्यक प्रक्रिया अगाडि बढाउने गरि समिति गठन भएको समाजकी प्रवक्ता मनिषा बास्तोलाले बताईन । समाजले उक्त कार्यक्रमबाट संकलित रकम चितवनको स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रको बिकासमा लगानी गरेको छ ।

जसमा हालै पछिल्लो पटक भरतपुरस्थित भरतपुर सरकारी अस्पताललाई ८ लाख हस्तान्तरण गरेको थियो । त्यस्तै टिकौलीस्थित निर्माणाधिन राष्ट्रियस्तरको रंगशालाको निम्ति २ लाख र सिद्दि गाविसस्थित राष्ट्रिय प्राथमिक विधालयलाई ५ लाख रकम समेत  संस्थाले हस्तान्तरण गरेको थियो ।

समाजको यस्ता सामाजिक उद्देश्य तथा समाज उत्थानको निम्ति आयोजित सो कार्यक्रमको लागी बोलीएको रक़म एक वर्ष सम्म पनि बोलवालाबाट प्राप्त नहुनु लाज मर्दो भएको भन्दै सो प्रति समाजको ध्यानाकर्षण भएको समाजका उपाध्यक्ष राजन श्रेस्ठले बताए ।  चितवनका जापानबासी नेपाली एवं चितवनलाइ माया गर्नुहुने सम्पूर्ण नेपालीहरु समाजको अधिवेशनमा सहभागिताको लागी समाजले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?