विभिन्न सुविधाहरु सहित फुकुओका सहरमा ‘ जापान मनि एक्सप्रेस ’ को शाखा विस्तार

जापान । जापानवाट नेपाल लगायतका विभिन्न मुलुकहरुमा रेमिटेन्स कारोवार गरिरहेको जापान मनि एक्सप्रेस जेएमईले जापानको फुकुओका सहर आफ्नो सञ्जाल बढाएको छ ।

फुकुओकामा विशेष कार्यक्रम गरि विभिन्न सस्थाका प्रतिनिधि तथा समाजसेवी व्यक्तिहरुको उपस्थितिमा नेपालका कार्यवाहक राजदूत श्री कृष्णचन्द्र अर्यालले जेएमई शाखा उद्घाटन गरेका हुन् ।

टोक्यो पछि नेपाली विध्यार्थीहरुको दोश्रो ठुलो गन्तव्यको रुपमा चिनिएको फुकोआका शहरमा विध्यार्थीहरुलाई ध्यानमा राखी ओहासी स्टेशनको नजिकै निशीगुची ओहासी बिल्डिंग को चौथो तल्लामा जेएमईको नयाँ शाखा संचालनमा ल्याईएको हो।

चुस्त र विश्वासिलो सुविधा प्रदान गर्ने पहिचान बनाउन सफल जेएमई रेमिट कम्पनीमा एक पटक ग्राहक बनिसकेपछि कुनै रेमिट गर्ने कार्ड बनाउन नपर्ने र आफुले चाहेको समयसम्म सुलभ ढंगबाट रकम पठाउन सकिने संस्थाका बजार व्यवस्थापक राजन श्रेष्ठले बताए।

शाखा स्थापनाको अवसरमा जेएमईले फुकुओकाको कार्यालयमा नयाँ तथा पुराना ग्राहकहरु स्वयम् उपस्थित भई नेपालमा पैसा पठाउदा अप्रिल देखि मे ८ तारीख सम्म आफ्ना सम्पूर्ण ग्राहकलाई नि-शुल्क सेवा उपलब्ध गराउने घोषणा समेत जेएमईले गरेको छ ।

विगत ६ बर्ष देखि जापानका विभिन्न शहरहरु बाट विप्रेषण सेवा प्रदान गर्दै आई रहेको जापान मनि एक्स्प्रेस कम्पनि लिमिटेड (जेएमई) ले आगामी दिनहरुमा ग्राहकहरुका लागि  नयाँ सुविधा सहितका योजनाहरु लिएर आउने संस्थाका अध्यक्ष ओम गुरुङले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?