टोकियोको भुमिगत रेल, भाषा नजान्दा पनि अब छैन समस्या, राखियो डिस्प्ले मेसीन

टोकियो । टोकियो महानगर सरकारद्धारा सञ्चालित ३० भन्दा बढी भुमिगत रेलवे स्टेशनमा विदेशी प्रयोगकर्तालाई ध्यानमा राख्दै बहुभाषीक टिकट प्रणाली सुरु गरिएको छ ।
ओएदो लाइनको तोचो–माए स्टेशनमा यो वर्ष सबैभन्दा पहिला बहुभाषीक टिकट मेसीन जडान गरिएको छ ।

यो टिकट मेसीनमा ३२ इन्च चौडाइको हाई–डेफिनेशन डिस्प्ले राखिएको छ ।

यो मेसीनले छ भाषहरुमा जानकारी उपलब्ध गराउँदछ । अंग्रेजी, चिनियाँ, कोरियाई, फ्रान्सेली, स्पेनीस र थाई भाषामा डिस्प्ले हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?