जापानमा नेपाली पत्रकारलाई भ्याइ नभ्याई, अधिवेशन उद्घाटन गर्न आइपुगे सभापति विष्ट

टोकियो । सोमबारबाट सुरु हुने नेपाल पत्रकार महासंघ जापानको अधिवेशन उदघाटनका लागि नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र विष्ट जापान आइपुगेका छन् ।
सोमबार जापान शाखाको तेस्रो अधिवेशन हुने छ । नारिता विमानस्थलमा शनिबार साँझ सभापति विष्टलाई महासंघका केन्द्रीय सदस्य सहित जापानमा रहेका पत्रकारहरुले स्वागत गरे ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । जापानमा रहेका पत्रकारहरुबीच एकता र सहमति कायम गराउनका लागि सर्बसम्मत नेतृत्व चयनको प्रयास जारप् छ ।
सहमतिका लागि भन्दै निर्वाचन समितिले प्रयास गरिरहेको छ । कुल ३७ जना सदस्य रहेको जापान शाखामा नयाँ नेतृत्वका लागि मोहनसिंह घले, कविकिरण न्यौपाने र वेलु थापाले आकांक्षा देखाएका छन् ।

सोमबार टोकियो सिनओकुवोमा अधिवेशन हुने छ । शाखाले जापानमा रहेका नेपालीहरुद्धारा सञ्चालीन विभिन्न संघ संस्थाका प्रतिनिधिलाई आमन्त्रण गरेको छ ।

कार्यक्रममा सहभागि भैदिन जापानमा क्रियाशील राजनीतिक दलका भातृ संगठन तथा अन्य विभिन्न संस्थाहरुलाई आमन्त्रण गरिएको जापान शाखाका अध्यक्ष तिलक मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?