आबेले भने–हामी अमेरिकाकै पक्षमा छौं

टोकियो । सिरियामा भैरहेको हवाई आक्रमणका विषयमा विश्व विभाजित भैरहेका बेला जापान भने अमेरिकाको पक्षमा उभिने भएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले शनिबार जापानी सञ्चार माध्यमहरुसँग बोल्दै रसायनीक हतियारकोप्रयोग गर्नुसिरियाली सरकारको गम्भिर गल्ती भएको बताए ।

आबेले जापान सधैं विश्व शान्तिको पक्षमा रहेकाले सिरियाली सरकारले चालेका कदमको समर्थन गर्ननसकिने बताए । प्रधानमन्त्री आबेलेयही सन्दर्भलाई लिएर शुक्रबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि बोलाएको थिए ।
आबेले सिरियाका निर्दोष सर्बसाधारणको जीवन रक्षाका लागि जापान जस्तोसुकै सहयोग गर्न पनि तयाररहेको बताएका छन् । उनले अमेरिकी आक्रमण पश्चात्सिरियाली सरकार डगमगाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?