जापानका बैज्ञानीकले गरे फेरि अर्को चमत्कार, बन्दैछ विश्वलाई नै आश्चर्यमा पार्ने यस्तो मेसीन

टोकियो । जापानमा अत्यन्तै सुक्ष्म आणविक कण पत्ता लगाउन सक्ने नयाँ प्रविधियक्त मेसीनको अनावरण गरिएको छ । बैज्ञानीकहरुले यो मेसीनको प्रयोगबाट विश्वको अस्तित्व सुरुवात पछिको अवस्थाका बारेमा अध्ययन गर्न सकिने बताएका छन् ।
यो मेसीनको निर्माण टोकियोको उत्तरमा अवस्थित त्सुकुबा सहरमा भएको हो । यसको लम्बाई, चौडाई र उचाई ८ मिटर रहेको छ ।

बैज्ञानीकहरुले सुर्यको किरणकै रफ्तारमा गतिशिल सुक्ष्म आणविक कणको मेसीनबाट अध्ययन गर्न सक्नेछन् । बैज्ञानीकहरुले दुई वर्ष भित्र यो मेसीनले प्रायोगिक जाँच सुरु गर्ने जनाएका छन् ।

यो मेसीनले सफल परिक्षण थाले हजारौं वर्ष पुराना तथ्यहरु पत्ता लगाउन सकिने छ । जापानका अलवा अन्य २२ देशका ७ सय बढी बैज्ञानीकहरु योमेसीन निर्माणको अनुसन्धानमा संलग्न रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?