शिन ओकुबोमा सिटी रेमिटको टिसर्ट वितरण अभियान (फोटो फिचर सहित)

टोकियो । जापानमा रहेका नेपालीहरुको रकम स्वदेशमा पठाउँदा सहयोग गर्ने भरपर्दो माध्यम सिटी एक्सप्रेस मनि ट्रान्सफरले शिन ओकुबोमा रहेका नेपाली रेष्टुरेन्टहरुमा काम गर्ने स्टाफहरुलाई टिसर्ट वितरण गरेको छ ।

जापानमा रहेका अधिंकाश नेपालीहरुको रोजाईमा परेको सिटीले टिसर्ट वितरण गरेर फरक प्रचारात्मक अभियान संचालन गरेको हो ।

शिन ओकुबो क्षेत्रमा नेपालीहरुको अत्याधिक उपस्थिति रहेको पाईन्छ । नेपालीहरुको अत्याधिक उपस्थितिलाई मध्यनजर गर्दै सिटीले पहिलो पटक शिन ओकुबो आसपास क्षेत्रमा रहेका रेष्टुरेन्टहरुमा टिसर्ट वितरण अभियान संचालन गरेको बताएको छ ।

हालसम्म सिटीले बाराकाडे गुड टाईम्स, आगन, रातो भाले, गीत गजल र सोल्मारी लगायतका रेष्टुरेन्टहरुमा टिसर्ट वितरण गरिसकेको छ ।

जापानमा रहेका नेपालीहरुलाई थप व्यवस्था सहित सुविधा दिने उदेश्यले फरक फरक अभियानहरु संचालनमा ल्याईने सिटी रेमिटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?