अध्ययनका लागि जापान आउँदै हुनुहुन्छ, यस्ता छन् उत्कृष्ट विश्वविद्यालय

टोकियो । अध्ययनका लागि जापान आउने सोच बनाइरहनु भएको वा जापानमै भएर पनि कुन विश्वविद्यालय अध्ययन गर्ने भन्ने सोच बनाइसक्नु भएको छैन भने एक पटक यो समाचार तपाईंका लागि उपयोगी बन्न सक्छ ।

टाईम हाइयर एजुकेसनले एक वर्ष लगाएर गरेको अध्ययन, अनुसन्धान पश्चात् जापानको उत्कृष्ट विश्वविद्यालयको सुचि सार्वजनिक गरेको छ । उस्को अनुसन्धान अनुसार टोकियो विश्वविद्यालय पहिलो नम्वरमा रहेको छ ।

अध्ययनका क्रममा विश्वविद्यालयको गुणस्तर, उस्ले दिने शिक्षाको प्रविधि र व्यावहारीक ज्ञान, उक्त विश्वविद्यालयबाट उत्पादीत व्यक्तिहरुले गरेका नविनतम कामलाई आधार मानिएको थियो ।
विगत तीन वर्ष देखि टोकियो विश्वविद्यालयले अनुसन्धानका क्रममा पहिलो नम्वरमा पार्न सफल भएको छ । यसैगरि चोहोचु विश्वविद्यालय दोस्रो नम्वरमा पर्न सफल भएको छ । टाईम्स हायरका अनुसार क्योटो विश्वविद्यालय तेस्रो स्थानमा छ ।

जापानमा पछिल्ला प्रविधि भित्राउने र तीनलाई विद्यार्थीको जीवन यापनसँग मेल खाने किसिमले पाठ्यक्रम बनाइएको वा नबनाइएको बारेमा पनि अध्ययन गरि यो सुचि बनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?