उत्तर कोरियाले फेरि गर्यो सि अफ जापानमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

टोकियो । उत्तर कोरियाले फेरि जापानको समुद्री तटलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।
उत्तर कोरियाले देशको पूर्वी तटीय क्षेत्र सिङ्पोबाट द सि अफ जापानमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको हो ।

अमेरिका र दक्षिण कोरियाका अधिकारीहरुले जापान सागरमा मिसाइल खसेको दाबी गरेका छन् । मिसाल झण्डै ६० किलोमिटर परसम्म गएर समुद्रमा खसेको दक्षिण कोरियाको रक्षा मन्त्रालयको दाबी छ ।

गत महिना पनि उत्तर कोरियाले सि अफ जापान तर्फ चारवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

संयुक्त राष्ट्रसंघको प्रतिवन्धका वावजुद उस्ले परिक्षण गर्दै आइरहेको छ । यो परिक्षण यतीबेला भएको छ कि चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिका भ्रमण सुरु गर्दै छन् ।

चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच उत्तर कोरियाको विषयमा छलफल हुनेछ । जापानले मिसाइल प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउँदै लगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?