जापान सरकारले थाल्यो अमेरिकी सैन्य स्थानान्तरण, ओकिनावामा विरोध

टोकियो । जापान सरकारले ओकिनावाको दक्षिणी क्षेत्रमा रहेको अमेरिकी सैन्य अड्डा स्थानान्तरणका लागि समुद्र तटमा क्याम्प निर्माण थाल्ने भएको छ ।

 

नागो सहरको हेनोको इलाकामा तटीय क्षेत्रमा क्याम्प निर्माण कार्य सुरु समेत भैसकेको छ ।
केन्द्र सरकारले अमेरिकी सैन्य क्याम्प स्थानान्तरण पश्चात् हालको स्थानमा नयाँ प्रतिष्ठान खोल्ने भएको छ । फुत्तेम्मा वायु सैनिक क्याम्प हाल घना बस्ती भएको क्षेत्रमा छ ।
केन्द्र सरकारले गर्न लागेको यो स्थानान्तरणको भने ओकिनावाको स्थानीय सरकारले विरोध गर्दै आइरहेको छ ।
केन्द्र सरकारले अप्रिलबाट सुरु भएको काम केही महिना भित्रै समाप्त हुने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?