दक्षिण कोरियाले भन्यो–जापानको निर्णय स्वागत योग्य, अब मिलेर अघि बढौं

सिउल । दक्षिण कोरियाले जापान सरकारले आफ्ना राजदुत फेरि पठाउने निर्णयको स्वागत गरेको छ । मंगलबार दक्षिण कोरियाको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै जापान सरकारको पछिल्लो कदमको स्वागत गरेको हो ।

जापानका विदेशमन्त्री फुमियो किशिदाले मंगलबारसम्म कोरिया पुगेर काम थाल्न आफ्ना राजदुत र महावाणिज्य दुतलाई निर्देशन दिएका थिए ।

कोरियाले राजदुतहरुले पुन पदभार ग्रहण गरेपछि सम्बन्धमा नयाँ आयाम आउने बताएको छ ।

कोरियाले अब आपसी विवाद समाधान गर्दै मिलेर अघि बढ्न आफुहरु तयार रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?