जापानी विदेश मन्त्रीले किन गरे आकस्मिक पत्रकार सम्मेलन ?

टोकियो । जापानका विदेश मन्त्री फुमियो किशिदाले क्षेत्रिय शान्ति र स्थिरताका लागि जापान र दक्षिण कोरियाका बीच स्थिर द्धिपक्षीय सम्बन्ध आवश्यक रहेको बताउका छन् ।
शुक्रबार दक्षिण कोरियाका भुतपुर्व राष्ट्रपति पार्क कुनेको गिरफ्तारी पछि किशिदाले आकस्मिक पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
उनले दक्षिण कोरिया जापानको महत्वपुर्ण छिमेकी भएको बताउँदै जापान सामरिक हितका लागि लड्ने बताए ।
किशिदाले दुई देशबीच कर्फट वुमेनको मामलामा विवाद समाधान गरिनुपर्ने बताए ।

उनले दुई देशबीच कम्फर्त वुमेनको शालिक हटाउनेबारे भएको सम्झौताको विश्वले स्वागत गरेको अवस्थामा यसको कार्यान्वयन पहिलो प्राथमिकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?