शिन ओकुबोबाट सनराईज कर्पोरेसनको व्यवसायिक यात्रा शुरु (फोटो फिचर सहित)

टोकियो । जापानस्थित शिन ओकुबोबाट सनराईज कर्पोरेसन लिमिटेडले औपचारिक रुपमा व्यवसायिक यात्रा शुरुवात गरेको छ ।

जापानबाट संचालित नेपाली समाचार पोर्टल जापान सन्देश डट कमको केन्द्रीय कार्यलय, नेपाली र जापानीहरुलाई लक्षित गरी व्यवसायिक यात्रा शुरु गरेको हो ।

कर्पोरेसनको शिन ओकुबोस्थित कार्यलयमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, महासंघका उपाध्यक्ष बेलु थापा, एभरेष्ट इन्टरनेश्नल स्कुलका अध्यक्ष डा. भूपाल मान श्रेष्ठ, व्यवसायी राजेन्द्र श्रेष्ठ, व्यवसायी सिद्वार्थ श्रेष्ठ, रेमिट्यान्स व्यवसायी डिपी अर्याल, कर्पोरेसनका अध्यक्ष रविन्द्र गोर्खाली र प्रवन्ध निर्देशक हरि सापकोटाले संयुक्त रुपमा रिवन काटी उद्वघाटन गरिएको हो ।

कर्पोरेसनले नेपालीलाई लक्षित गरी मिडिया तथा विज्ञापन, भिसा लगायत परामर्श, आईटी, डिजाईन, इभेन्ट, सर्च इन्जिन, वेभ डिजाईन, भिडियो ग्राफी लगायत विविध सेवा दिने प्रवन्धक निर्देशक हरि सापकोटाले बताए ।

त्यस्तै गरी जापान सन्देश डट कमको प्रधान सम्पादक समेत रहेका अध्यक्ष गोर्खालीले जापानमा नेपालीहरुको संख्या बढेसंगै नेपाली गतिविधि पनि बढेकाले नेपाली लक्षित व्यवसाय सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?