जापानमा साकुराको स्वागत, हेर्नुहोस् छ तस्वीर

टोकियो । जापानको राष्ट्रिय फुल साकुरा, विश्वकै सुन्दर फुल मध्येमा एक हो । यतीबेला जापानमा साकुरा फुल्ने मौसम हो । मार्च दोस्रो सातादेखि अप्रिलको दोस्रो सातासम्म जापानभर साकुरा फुल्ने गर्दछ ।

अहिले जापानका हरेक सहर, गल्लीहरुमा साकुराको सुन्दर फुल हेर्न सकिन्छ ।

साकुराको आकर्षण यती बढेको छ कि पछिल्लो समय साकुरा फुलेको हेर्न आउने विदेशी पर्यटकहरुको संख्या पनि ह्वात्तै बढेको छ ।

पार्कहरुमा साकुराको फेदमा बसेर रमाइलो गर्ने र आफन्तका बीच खाइपिइ गर्ने प्रचलन रहेको छ । हेर्नुहोस् जापानमा फुल्ने साकुराको छ तस्वीर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?