अब चिनियाँलाई जापानी भिषा सहज, नेपालीलाई के हुन्छ ?

टोकियो । पछिल्लो समय जापान सरकारले विदेशी पर्यटक भित्राउनका लागि विभिन्न खाले उपायहरु अपनाइरहेको छ ।
जापान सरकारले चिनियाँ पर्यटकलाई आकर्षित गर्नका लागि भिषा प्रकृया सहज बनाउने तयारी गरेको छ ।

जापानको अध्यागमन विभागले जापानले चिनीया पर्यटकका लागि उपलब्ध हुने भिसा सहज बनाउनका लागि चिनियाँ नागरिकलाई लाग्ने भिषा शुल्क घटाइने भएको हो । जापान आउने पर्यटक मध्ये चिनियाँ पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ ।
विद्यमान मौजुदा व्यवस्था अनुसार एक जना चिनियाँ पर्यटकले जापान भ्रमणका लागि आउँदा कम्तिमा तीन देखि चारलाख जापानी येनसम्म शुल्क तिर्नुपर्ने हुन्छ । तर, अब भने यो व्यवस्थालाई घटाइने छ ।

यसले जापानको पर्यटन प्रवद्धनमा सहयोग पुग्ने विभागले जनाउको छ ।
गत वर्ष जापान आउने २१ लाख पर्यटक मध्ये आधा भन्दा बढी चिनियाँ नारिक रहेका थिए ।

जापान सरकारले चिनियाँ नागरिकको भिषा शुल्क घटाएको र अन्य देशको पनि घटाउने तयारी थालेको जनाएको छ । भिषा शुल्क घटेपछि जापानको पर्यटन क्षेत्रमा रोजगारी बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?