ठमेल बजारकी आईटम गर्ल राई र गायक खड्काको रोमान्सले भरिएको ‘के यो माया हो’ गीत सार्वजनिक

टोकियो । गायक शाहिल खड्काले दोश्रो एल्वममा समाविष्ट ‘के यो माया हो’ गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
चार गीत समावेश गरिएको दोश्रो एल्वमको पहिलो भिडियोमा खड्काकै शब्द्व, संगीत र स्वर रहेको गीतलाई सार्वजनिक गरिएको हो ।

ठमेल बजारको चलचित्र गीतले एकाएक चर्चाको शिखरमा पुगेकी एलिशा राई र गायक खड्काको अभिनय रहेको छ भने निर्देशन जीवन चौलागाईको रहेको छ ।

म्याग्दी घर भएका खड्का जापानस्थित कामतामा बुबा राम बहादुर खड्का र लक्ष्मी खड्काको साथमा बसोवास गर्दै आएका छन् । उनले यस अघि ‘त्यो मनमा’ भन्ने गीतबाट चर्चा बटुलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?