अप्रिल ९ तारिखमा जापानको टोकियोमा ‘तुयूमति’

टोकियो । नेपाल भाषाको सफल चलचित्र तुयूमति जापानमा प्रदर्शन हुने भएको छ ।

बेलायतमा सफल प्रदर्शन भएको चलचित्र तुयूमति जापानको टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा अप्रिल ९ तारिखका दिन प्रदर्शन हुने भएको हो ।

लामो समय देखि बेलायतमा बस्दै आउका अभिनेता मनिष कुमार श्रेष्ठले उक्त चलचित्र निर्माण गरेका हुन् ।

चलचित्र तुयूमतिको जापान प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको  चलचित्र कोर्डिनेटर सविता श्रेष्ठले जानकारी दिइन् ।

नेपाल र बेलायतका विभिन्न स्थानमा छायाँकन भएको नेपालभाषाको चलचित्र तुयुमतीले दिएको सन्देश हेर्नका लागि पनि प्रदर्शनमा सहभागिता जनाउनका लागि आयोजकले जापानमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

चलचित्रमा अंग्रेजी सवटाइटलिङ्ग समेत गरिएको छ । सबै भाषा भाषीका नेपालीहरुले बुझ्नेगरि बनाइएकाले एक पटक चलचित्र हेरिदिन निर्माता एवं अभिनेता मनिषकुमारले आग्रह गरेका छन् ।

चलचित्र तुयुमतीमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, धीरेन शाक्य, राजाराम पौडे्ल, राजेन्द्र खड्गी, राजामति हिसिला महर्जन, मणिराज लवट, मनिष कुमार श्रेष्ठ, अन्नपूर्णेश्वरी शिल्पकार, सुशील प्रजापति, विनोद चिपालु,सविन शाक्य चाकुचा, कृष्णभक्त महर्जन, सुनिता ठाकुर लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?