नेपाली नयाँ वर्षको उपलक्ष्यमा अप्रिल १६ मा जापानभर अतिथि देवो भव: अभियान

टोकियो । नेपाली नयाँ वर्ष २०७४ को अवसर पारेर गैर आवासीय नेपाली संघ जापानले अतिथि देवो भव: र्यालीको आयोजना गर्ने भएको छ ।

नेपाली नयाँ वर्षको अवसरमा यहि बैशाख ३ गते अर्थात् अप्रिल १६ तारिखका दिन कार्यक्रमको आयोजना गरिएको हो । एनआरएनका उपाध्यक्ष भवन भट्टको संयोजकत्वमा आयोजना गर्न लागिएको कार्यक्रममा एनआरएन जापान र मातहतका क्षेत्रिय समितिहरुले एकै पटक र्यालीको आयोजना गर्ने छन् ।

आयोजक एनआरएन जापानका अध्यक्ष सुदन थापाका अनुसार र्यालीका लागि विभिन्न सात बुँदे आरचसंहिता तय गरिएको छ । जस अनुसार यातायातका साधनहरुको प्रयोग गरिने छ भने आवश्यक पोष्टरहरु सबै स्थानमा उपलब्ध गराइने छ ।

यस्तै र्यालीमा प्रयोग गरिएका यातायातको इन्धनको व्यवस्थापन स्वयंले गर्नुपर्ने छ । रोड अनुमतिका लागि समयमै सम्बन्धित निकायमा सम्वन्वय गनै पनि एनआरएन जापानले आग्रह गरेको छ ।

उक्त कार्यक्रम जापानभर एकै साथ दिउँसो एक बजे सुरु हुने अध्यक्ष थापाले जानकारी दिए । र्यालीमा मादक पदार्थ सेवन गर्ने तथा हुटिङ गर्ने जस्ता नियम विपरितका क्रियाकलाप नगर्न पनि आग्रह गरिएको छ ।

यस्तै अतिथि देवो भव भावको पोस्टर, बुद्ध नेपालमा जन्मीएका हुन् भन्ने सन्देश जाने पोस्ट, नेपाल भ्रमणका लागि निमन्त्रणा जस्ता विषय उल्लेख गरिएका पोस्टरहरु प्रयोग गरिने पनि आयोजकले जनाएको छ । नेपालको कला, संस्कृति र पहिचान झल्कने चित्रहरु अंकित पोस्टरको प्रयोग गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?