चीनको विज्ञप्ती खारेज गर्दै जापानले भन्यो–हामी चीनको सार्वभौमिकता प्रति सचेत छौं

टोकियो । ताइवानको राजधानी ताइपेईमा भएको एक पर्यटन प्रवद्धन कार्यक्रममा जापानका एक राज्य मन्त्रीले सहभागिता जनाएको विषयमा चीनले आपत्ती जनाएपछि जापान सरकारले त्यसको खण्डन गरेको छ ।
जापानी विदेश मन्त्री फुमियो किशिदाले आन्तरिक मामला उप–मन्त्री जिरो आकामाले ताइपेईमा भएको पर्यटन पैवद्धन कार्यक्रममा सहभागिता जनाउनु चीन विरोधी गतिविधि नभउको प्रष्ट पारेका छन् ।

एक विज्ञप्ती जारी गर्दै मन्त्री किशिदाले उप मन्त्रीले ताइपेई भ्रमण गरेको विषयलाई लिएर चिनियाँ पक्षले नकारात्मक टिप्पणी गर्नु गलत भएको बताए । सोमबार मात्र चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ती जारी गद्यै जापानी मन्त्रीले ताइपेई भ्रमण गरि एक चीन नीतिको उल्लंघन गरेको आरोप लगाएको थियो ।
किशिदाले उपमन्त्रीको भ्रमण जापानको ग्रामिण क्षेत्रमा पर्यटन प्रवद्धन गर्नु मात्र रहेको उल्लेख गर्दै उनले आफुहरु चीनको सार्वभौमिताप्रति सचेत रहेको बताए । उनले चिनियाँ पक्षको विज्ञप्तकिो कुनै अर्थ नरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?