जापानले भन्यो–हामी शक्तिको पुजा गर्दैनौं, विपन्न देशलाई पनि समान हैसियत दिनुपर्छ

टोकियो । जापानका विदेश मन्त्री फुमिओ किशिदाले परमाणु हतियारमाथि कानुनी प्रतिवन्ध लगाउने सन्धीमा संयुक्त राष्ट्र संघमा जारी वार्तामा परमाणु शक्ति सम्पन्न देशको सहभागिता मात्रले प्रतिकुल अवस्थाको श्रीजना हुनसक्ने बताएका छन् । 

किशिदाले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै जापान यो वार्तामा भाग लिने छैन । उनले परमाणु शक्ति सम्पन्न देश विश्व परमाणु हतियार मुक्त बनाउने वार्तामा सहभागि हुनु असान्दर्भिक हुने बताए ।

उनले शक्तिशाली देशहरुकै पछि विश्व दौडिरहने अवस्थाको अन्त्यका लागि जापानले अडान लिने बताए । किशिदाले यो वार्ताले शक्ति बिहीन राष्टङहरुसँगको सम्बन्ध बिग्रने दाबी समेत गरेका छन् ।

उनले सम्पन्न र विपन्न दुवै पक्षको भागिदारी हुनेगरि राष्ट्रसंघले कार्ययोजना बनाउनुपर्ने बताउँदै ध्रैयता पुर्वक जापान अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?