यो हो जापानको प्रविधि, खेर गएको पानी, जनता बन्दैछन् धनी

टोकियो । प्रविधिमा जापानलाई भेट्टाउने अर्को देश सायदै होला, जापानले फेरि यस्तै काम गरेको छ । खेर गएको पानीको प्रयोग गर्दै विजुली निकालेर उदाहरण पेश गरिरहेको छ जापान ।
जापानको उत्तरी एक सहरमा मध्य स्तरको जल विद्युत् केन्द्रले विजुली उत्पादन सुरु गरेको छ ।
जापानको तोमाया क्षेत्रको तोनामी सहरमा लगभग चार लाख ८० हजार डलरको लागतमा यस्तो संयन्त्रको विकास गरिएको छ कि जल संशोधन संयन्त्रबाट सामुदायीक वितरण केन्द्रको विपरित जाने पानीको प्रवाह प्रयोग गरि विजुली उत्पादन भएको छ ।
यो संयन्त्र एक वर्षमा करिब दुई लाख ३० हजार डलर किलोवाट विजुली उत्पादन गर्न सक्ने क्षमताको छ । उत्पादीत विजुली बिक्री पनि सुरु भैसकेको छ ।
यस्तै अर्को सहर नान्तोमा पनि यस्तै प्रविधिमा विजुली उत्पादन सुरु भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?