जापान सरकारले ल्याउँदै छ विद्यार्थीका लागि छात्रवृत्ती योजना, बालबालिकालाई झनै फाइदा

टोकियो । जापानको संसदले अप्रिल एक तारिखबाट सुरु हुने नयाँ आर्थिक वर्ष २०१७–०१८ को लागि ९७० खर्ब जापानी येन अर्थात् ८ खर्ब ८० अर्ब बजेटको सिलिङ तोक्न सरकारलाईै मञ्जुरी दिएको छ ।
सांसदको माथिल्लो सदनमा सत्तारुढ गठबन्धनमा सामेल लिबरल डेमो क्रेटिक पार्टी र कोमेइतोको बहुमतको सहयोगमा बजेट विधेयक पारित गरिएको हो ।
बजेटमा बच्चाको लालन पालन गरिरहेका मानिसहरु र विद्यालय छात्र तथा युवाहरुका लागि सहयोग रकम बढाइएको छ । सरकारले काम गर्ने सरकारी परिपाटीमा समेत बजेट मार्फत् परिवर्तन गर्न चाहेको छ ।
बजेट अन्तरगत कठिन वित्तिय परिस्थितिका बीच विद्यालय शिक्षाका छात्रहरुका लागि छात्रवृत्तीको व्यवस्थाका लागि एउटा कोष बनाइएको छ ।

यस बाट पाइएको रकम फिर्ता गर्नु पर्ने छैन । रक्षा क्षेत्रमा मिसाइल सुरक्षाको आधुनिकिकरणको योजनाका लागि रकम बढइने भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?