जापानको सत्तारुढ–विपक्षी दलबीच तिब्र विवाद, राजनीतिमा नयाँ तरंग

टोकियो । पश्चिम जापानस्थित ओसाकाको एक विद्यालयलाई बेचीएको सरकारी जग्गाका कारण जापानमा सत्तारुढ र विपक्षीबचि ध्रुवीकरण सुरु भएको छ ।

सत्तारुढ दल र विपक्षीबीच यहि विषयलाई लिएर चर्को विवाद भएको छ ।

प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी र अन्य तीन विपक्षी दलहरुले संसदमा यही विषयलाई उठाएर विवाद निकालेका छन् । उनीहरुले प्रधानमन्त्री सिन्जो आबेकी श्रीमतीले संसदमा आएर माफी माग्नुपर्ने बताएका छन् ।

तर सत्तारुढ लिबरल डेमोक्रेटीक पार्टीले भने विपक्षीको माग असान्दर्भिक भएको बताउँदे आएको छ ।
मोरिमोरो गोकुएनका अध्यक्ष यासुनोरी कागोइकेले आइतबार संसदमा बोल्दै सन् २०१५ मा आबेकी पत्नीले चन्दाका रुपमा उक्त विद्यालयसँग ९ हजार डलर लिएको दाबी गरे ।

उनले विद्यालय सञ्चालकले ओसाकाको जमिन किन्नका लागि घुस स्वरुप यो रकम दिएको उनको आरोप थियो । त्यहाँ एक प्राथमिक विद्यालय सञ्चालनको तयारी भैरहेको थियो ।
संसदमा सत्तारुढ र विपक्षी बीचको यो विवादले जापानको राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

सत्तारुढ दलले आबेलाई अर्को कायृकालका लागि पनि प्रधानमन्त्री बनाउने तयरी गरिरहेका बेला विपक्षीले थालेको विरोधकाा कारण समस्या आउन सक्ने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?