छैठौं जापानी भाषा वक्तृत्वकलाको उपाधि नविन पौडेललाई

टोकियो । नेपाल जापान अध्ययन केन्द्र (नेपाकेन)द्वारा आयोजित छैठौं जापानी भाषा वक्तृत्वकता प्रतियोगिता सम्पन्न भएको छ ।
जापानका लागि कार्यवाहक राजदुत कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गरिएको हो ।

यस वर्ष रिस्योउ विश्वविद्यालयसँगको सम्वन्वयमा प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रमको संयोजन संशर बराइलीले गरेका थिए ।

प्रतियोगितामा १६ जनाले प्रतिश्पर्धा गरेका थिए । प्रतियोगितामा नविन पौडेलले प्रथम स्थान हासिल गरे । उनले नेपाली राजदुतावास राजदुत पुरस्कार पाए ।

यस्तै होमबहादुर तामाङ दोस्रो हुँदै खानगावा कोकुसाई कोउरियुउ जाइदान रिच्योउ पुरस्कार पाए । यस्तै त्स्रो हुने राम शर्माले भवन भट्ट च्यालेन्ज अवार्ड पाए । उनीहरुले क्रमश ५० हजार, ३० हजार र २० हजार जापानी ऐन सहित प्रमाणपत्र समेत पाएका छन् ।

यस्तै प्रतियोगितामा अडियन्सको छनौटमा परि अडियन्सस्योउ पाउने मोनिका तामाङ, साजन श्रेष्ठ, प्रकाश भट्टराई लगायतले विभिन्न शिर्षकमा पुरस्कार पाए ।

कार्यक्रममा जापानी सञ्चार माध्यमहरुको समेत उल्लेख्य सहभागिता रहेको प्रचार विभागका संयोजक मदन चापागाईंले बताए ।
कार्यक्रममा एभरेष्ट इन्टरनेशनलका विद्यार्थीहरुले मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?