हैगर्टी को हुन् ? जस्ले अब जापानमा अमेरिकी कुटनीति सम्हाल्नेछन्

जापान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका लागि अमेरिकी राजदुतमा विलियम हैगर्टीलाई नियुक्त गरेका छन् ।
शुक्रबार ५७ वर्षीय विलियमलाई राजदुत बनाउने घोषणा भएको हो । १९९१ मा जर्ज बुशको ह्वाइटहाउस प्रशासनमा जागीर सुरु गरेका विलियमले व्यापार नीतिको राम्रो ज्ञान राख्दछन् ।
सन् २०१२ को राष्ट्रपति चुनावमा उनले रिपब्लिकन उम्मेदवार मिट राम्सको खेमालाई साथ दिएका थिए ।

विलियम एक निजी परामर्शदाता संसथाको कर्मचारीका रुपमा तीन वर्ष टोकियो बसिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?