शिक्षा मन्त्री धनीरामलाई जापानी भाषाले लगायो मोहनी

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले नेपालमा जापानीज भाषाको अध्यापनले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने बताएका छन् ।

राजधानीमा आयोजित यासासिसा जापानीज भाषा विद्यालयको २० औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले भाषा अध्ययनले दुई देश बीचको पारस्परिक सम्बन्धकोविकासमा महत्वपुर्ण योगदान पुराएकोे बताए ।

उनले जापानी भाषा नेपाली भाषा जस्तै सरल र बुझ्न सजिलो भएकाले पनि पछिल्लो समय जापानी भाषा प्रति नेपालीहरुको आकर्षण बढेको बताए ।

उनले आफूलाई पनि जापानी भाषामा बोल्न अत्यन्तै रहर लाग्ने गरेको प्रसंग निकाले ।

उनले जापान–नेपाल सम्बन्धको ६० औं बर्ष चलिरहदा जापानको सहयोगमा भएको भौतिक पूर्वाधार, मानवीय सहयोग र कला संस्कृतिको आदानप्रदान लगायतको खुलेर प्रसंसा गरे ।

यासासिसा विद्यालयले जापानीज भाषा र संस्कृतिको जानकारी गराउँदै आएको जनाएको छ । जापनीज शिक्षक द्धारा पढाई हुने यस विद्यालयले सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?