अबैध रुपमा जापान बस्नेको खोजी सुरु, कारबाहीको तयारी गर्दै सरकार

टोकियो । जापान पछिल्लो समय विश्वकै सुरक्षीत श्रम गन्तब्य मात्रै हैन उच्च शिक्षाका लागि पनि विश्वकै नमुना देश बन्दै जान थालेको छ । जसका कारण विश्वभरबाट जापान आउनेहरुको संख्या बढ्दै जान थालेको छ ।
जापान आउने विदेशीहरुको संख्या करिब ६ दशमलव ७ प्रतिशतले बढेको अध्यागमन कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा जापान आउने विदेशीहरुमा सबैभन्दा बढी चिनियाँ रहेका छन् । ६ लाख ९५ हजार चिनियाँहरु जापानमा अध्ययन र श्रमका लागि आएका छन् ।

त्यस्तै चार लाख ५५ हजार कोरियनहरु पनि अध्ययन र श्रमका लागि जापानमा छन् । दुई लाख ४५ हजार फिलिपिनीहरु पनि जापानमा छन् ।
जापान आउने विद्यार्थी र कामदारको संख्यष बढेसँथै अबैध रुपमा जापान बस्नेहरुको संख्या पनि बढ्दै गएको छ । यसरी जापानमा अबेध रुपमा बस्ने विदेशीहरुको संख्या ६५ हजार २ सय ७० रहेको जापान टुडेले जनाएको छ ।

 

यसरी अबैध रुपमा जापान बस्नेमा सबैभन्दा बढी कोरियाका १३ हजार २ सय, चीनका करिब ९ हजार, थाइल्याण्डका ६ हजार ५ सय र भियतनामका ३ हजार सात सय रहेका छन् ।
जापान सरकारले अबैध रुपमा बस्दै आएका विदेशीहरुको लागत संकलन गरिरहेको र निकट भविष्यमै उनीहरुमाथि कारबाही र स्वदेश फिर्ती अभियान चलाइने तयारी समेत भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?