जापानमा रहेका नेपाली पत्रकारहरुलाई अधिवेशनको चटारो, आयो निर्वाचन कार्यतालिका

टोकियो । नेपाल पत्रकार महासंघको जापान शाखा यतीबेला आगामी अधिवेशनको चटारोमा छ । यही अप्रिल १० तारिखका दिन अधिवेशन हुने भएपछि महासंघ जापान शाखा चटारोमा छ ।
आगामि नेतृत्वका लागि जापानमा रहेका नेपाली पत्रकारहरुबीच प्रतिस्पर्धा देखिएको छ । नयाँ नेतृत्व चयन गर्नका लागि गठन गरिएको निर्वाचन समितिले निर्वाचन कार्यविधी सार्वजनिक गरेपछि पत्रकारहरुले यतीबेला आ–आफ्नो पक्षमा लविङ थालिसकेका छन ।

जापान शाखाका सल्लाहकार भुषण घिमिरेको संयोजकत्वमा रहेको निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।

महासंघकी केन्द्रीय सदस्य पवनवर्षा शाह र महासंघका जापान शाखाका संस्थापक उपाध्यक्ष कृष्ण भण्डारी सदस्य रहेको निर्वाचन समितिले मार्च २३ तारिखका दिन सदस्यहरुको नामावली प्रकाशन गर्ने, त्यसको दाबी विरोध पश्चात् २५ तारिखका दिन अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

यस्तै ३१ तारिखका दिन उम्मेदवारी दर्ताको मिति तोकिएको छ । जस अनुसार उम्मेदवारी दर्ता गराएको उम्मेदवारहरुले अप्रिल दुई तारिख सम्म उम्मेदवारी फिर्ता गर्न सक्ने छन् । यस्तै अप्रिल ३ तारिखका दिन उम्मेदवारमाथि दाबी विरोधको समय तोकिएको छ । ४ तारिखका दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।
यस्तै १० तारिखका दिन नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने र सोहै दिन मत परिणाम सार्वजनिक गर्ने समितिको तयारी छ ।
निर्वाचन समितिले प्रवासमा रहेका पत्रकारहरुका बीच सहमति, सहकार्य र एकता प्रदर्शन गराउनका लागि अन्तिम सम्म सर्वसम्मत नेतृत्व चयनको तयारी समेत गरिरहेको छ ।
निर्वाचन समितिले महासंघको विद्यमान विधानमा आधारीत रही जापान शाखाको आचारसंहीता र समितिले तयार पारेको कार्यविधीमा रहेन चुनावी प्रकृया सम्पन्न गर्ने जनाएको छ ।
कार्यविधी अनुसार जापान शाखाको कार्य समितिको पदाधिकारी हुनका लागि कम्तिमा एक कार्यकाल कार्यसमिति सदस्य भएको हुनुपर्ने छ । यस्तै केन्द्रीय पार्सद हुनका लागि पनि महासंघको विधान अनुसार योग्यता पुगेको हुनुपर्ने छ ।
निर्वाचन समितिले तयारपारेको कार्यविधी–कार्यतालिका हेर्न यहाँ क्लिक गर्नुहोला ।
उम्मेदवारी फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?