किन उत्तर कोरिया जापानसँग सधैं निहुँ खोजिरहन्छ ?

टोकियो । पछिल्लो समय उत्तर कोरिया जापानमाथि आक्रामक बन्न थालेको छ । उस्ले केही हप्ता अघि मात्रै जापान सागरमा तीन वटा मिसाइल प्रक्षेपण गरेको थियो । फेरि आइतबार पनि एक नयाँ तथा बिस्तारित क्षमताको रकेट इन्जिनको परीक्षण गरेको छ ।
उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परीक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ ।
यो परीक्षणले उत्तर कोरियाको रकेट क्षमता नयाँ स्तरमा पुगेको नेता किम जोङ्ग उनले घोषणा गरेको समाचार संस्था केसिएनएले जनाएको छ ।
नयाँ रकेटले विश्व स्तरको स्याटेलाइट प्रक्षपणका लागि उत्तर कोरियालाई सहयोग गर्ने नेता किमको भनाई छ ।
अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले जापान र चीनको भ्रमण गरे लगतै उत्तर कोरियाले रकेट परीक्षण गरेको हो ।
उस्ले जापानले अमेरिकासँग साँठगाँठ बढाएर कोरिया प्रायद्धिपमा अशान्ति बनाएको आरोप लगाउँदै आउको छ भने उत्तर कोरिया पनि जापानको मतियार बनेको आरोप लगाउने गरेको छ ।

उत्तर कोरियाले जापानले निर्माण गरिरहेको मिसाइल प्रतिरक्षा प्रणालीको विरोध स्वरुप यस्ता क्षेप्यास्त्र परिक्षण गर्ने गरेको छ ।
एजेन्सिको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?