२३ वर्षमा लिङ्ग परिवर्तन, २५ वर्षमा इरुमा सहरको आयुक्त

टोकियो । जापान प्रविधिमा त विश्वमा पहिलो नम्वरमै छ । सामाजिक सुधारका कानुनहरु निर्माणको सवालमा पनि जापान विश्वको अग्रणी देशहरुमा पर्दछ ।

यसै सन्दर्भमा अहिले फेरि जापानमा एउटा नयाँ काम भएको छ, जस्को विश्वभर चर्चा परिचर्चा भैरहेको छ । त्यो हो–एक समलिङगी युवा इरुमा सहसको नगर आयुक्तमा नियुक्त ।
विश्वकै सुन्दर मध्येमा पर्ने जापानको इरुमा सहरको नगर आयुक्तमा समलिङ्गी नेता तोमोया होसादा चुनिएका हुन् ।
सन् २०१५ मा आफ्नो लिङग परिवर्तन गरेका होसादाको पार्टीले उक्त सहरको २२ मध्ये २१ मा जित निकालेको थियो ।

उनले समलिङगीहरुको अधिकारका साथै उक्त सहरको सामाजिक र आर्थिक अवस्था परिवर्तनका लागि विभिन्न खाले मुद्दाहरु प्रस्तुत गरेका छन् ।

रोजगारीको दर बढाउने कार्ययोजना समेत ल्याएका छन् । यस कारण उक्त सहरमा उनको लोकप्रियता ह्वात्तै बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?