अन्ततः रुस पनि जापानकै लाइनमा, एसिया प्रशान्त क्षेत्रमा अमेरिकालाई सहज !

जापान । रुसले जापानका विदेश तथा रक्षा मन्त्रीहरुसँगको वार्ताका क्रममा जापान–दक्षिण कोरिया–अमेरिका गठबन्धनको मिसाइल प्रतिरक्षा प्रणालीका बारेमा आफुपनि सहमत हुने आश्वासन दिएको छ ।

मंगलबार जापानको टोकियोमा भएको सुरक्षा वार्ताका क्रममा रुसको विदेश मन्त्रालयका उच्च अधिकारीहरुले यस्तो बताउका हुन् । रुसका विदेश मन्त्री सर्गेइ लावरोफ र रक्षा मन्त्री सर्गेई शोइगुले वार्तामा सहभागिता जनाएका थिए ।
रुसको विदेश मन्त्रालयले वार्ताले दुई देश बीच विश्वासको वातावरण बनेको र एसिया प्रशान्त क्षेत्रमा अमेरिकी मिसाइल सुरक्षा प्रणाली तैनाथ गरिने विषयमा पनि रुस सकारात्मक भएको उल्लेख छ ।

यस अघि रुसले उक्त कार्यको विरोध गर्दै आइरहेको थियो । पछिल्लो समय भने उत्तर कोरियाले अनावश्यक रुपमा मिसाइल प्रक्षेपण गरिरहेको भन्दै रुसले आलोचना गर्दै आइरहेको छ ।

वार्ताका क्रममा रुस नियन्त्रीत चार द्धिपहरुमा संयुक्त लगानी बढाउनेबारे पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?