नेपाली जनसम्पर्क समिति जापानले मार्च २० मा अन्तरक्रिया गर्ने

टोकियो । नेपाली जनसम्पर्क समिति जापानले पार्टीका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाको सम्झनामा स्मृति सभा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

मार्च २० का दिन स्वर्गिय कोइरालाको सातौं स्मृति दिवसको अवसर पारेर स्मृति सभा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको हो ।

आयोजकले सिनओकुबोस्थित सोलमारी रेष्टुरेन्टसँगै रहेको नेपाली मुरा हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको छ ।

कार्यक्रम दिउँसो ठिक दुई बजे सुरु हुने भएकाले समयमै कार्यक्रम स्थलमा पुग्न पनि आयोजकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?