बागलुङ दुधिलाभाँटीका मुटु रोगी खड्काको उपचारमा सहयोग गर्न जापान सहित विश्वभरका प्रवासीलाई आग्रह

जाापन । बागलुङ दुधिलाभाँटी काफलठुटा–३ निवासी जगरबहादुर खड्का लामो समयदेखि मुटु रोगबाट पीडित भएको र उनको घरको आर्थिक अवस्था निकै नाजुक भएकाले उपचार गर्न सकेका छैनन् ।

खर्च अभावका कारण आवश्यक उपचार गर्न नपाएका खड्का लामो समयदेखि थला परेका छन् । उनको उपचारमा सहयोग गरि नयाँ जीवन दिलाउनका लागि जापानमा रहेका युवाहरुले पहल थालेका छन् । सामो सहयोगले खड्काले नयाँ जीवन पाउने र उनको परिवारमा खुसी छाउने भएकाले जापानमा रहेका सबै नेपालीहरुलाई सक्दो सहयोग गर्न पनि युवाहरुले अपिल गरेका छन् ।
खड्कालाई सहयोग गर्नका लागि जापानको टोकियोमा रहेका युवाहरु निम खड्का, लक्ष्मण कार्की, पुरन खड्का, चिवामा रहेका किसन खड्का, दिलबहादुर खड्का, साइतामामा रहेका कमल कार्कीलाई सम्पर्क गर्न सकिने छ ।

यस्तै ओसाकामा रहेका बसेन्त खड्कालाई सम्पर्क गर्न सकिने छ । यस्तै अमेरिकामा रहेका प्रवासी नेपालीहरुले पनि सहयोगका लागि पहल गर्न सक्नेछन् । यसका लागि सन्तोष खत्री, शिव खड्का, अर्जुन खत्री र भरत खत्रीसँग सम्पर्क गर्न सकिने छ ।

यस्तै दुबइमा गमबहादुर भण्डारी र निर्दोष खत्री, बेलायतमा नगेन्द्र खड्का, भुवन खड्का, क्यानडामा गजत खड्का, शेरबहादुर खड्कासँग सम्पर्क गर्न सकिने छ । यस्तै अष्ट्रेलियमा प्रेम खड्का, बबिन खत्री, रवि खत्री, धनबहादुर खड्का, यस्तै भारतमा महेन्त्र खड्कासँग सम्पर्क गर्न सकिने छ ।
जापानमा रहेका प्रवासी नेपालीहरुले जापान पोस्ट बैंकको खाता नम्वर १०३५०–६६१५८८११ मा रकम जम्मा गर्न पनि सकिने छ । यस्तै मोहन भण्डारीको ०८०९४३३२०५० मा र सुर्य थापाको ०९०७२२९३४६३ मा सम्पर्क गरी जानकारी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?