त्यो दिन आउँदैछ, जुन दिन सिंगो जापान एक व्यक्तिको हुनेछ, उनी मात्रै जिउँदो रहनेछन्

जापान । विश्वको शक्तिशाली मध्येको एक देश जापानमा घट्दो जनसंख्याका कारण मानविय संकट पैदा हुने अनुसन्धानहरुले देखाएको छ ।

घट्दो जनसंख्याका कारण जापानमा एक सताव्दीपछि मानिसको अस्तित्व नै संकटमा पर्ने छ । के जापानमा ‘यौन संकट’ को दायराले भयावह रुप लिन लागेको हो ? के एक दिन यस्तो आउने छ की जापान खाली हुनेछ ? जापानी मानिसलाई ‘अत्याधिक यौन’ को जरुरत भएको किन बताइन्छ ? तोहोकु विश्वविद्यालयका शोधकर्ताले यही निष्कर्ष पछि ‘डुक्जडे क्लार्क’ (प्रलयको दिनको अन्दाज) बनाएका छन् ।

जसका अनुसार जापानमा वर्तमान यौन संकटका कारण १६ अगस्त ३७६६ मा जापानमा केबल एक जना मानिस मात्र बाँच्नेछन् ।

यो अनुमान देशको घट्दो प्रजनन दर तथा बयबृद्धको जनसंख्यामा आधारित रहेको छ । बेलायतमा पनि १९२० को दशकको पीढीको तुलनामा लाखौं मानिसमा यौन रुची कम भएको अनुसन्धानमा देखिएको छ । तर जापानमा भने स्थिति भयावह रहेको छ ।

जापान पारिवार नियोजन एशोसिएशनले गरेको सर्वैका अनुसार १६ मध्ये २४ वर्ष उमेरका ४५ प्रतिशत जापानी महिलामा यौन सम्बन्धमा कुनै रुची रहेको छैन ।

एक तिहाई भन्दा धेरै पुरुष पनि यहि भनाइमा सहमत छन् । तोहोकु विश्वविद्यालयका शोधकर्ताका अनुसार यो स्थिति धेरै गम्भीर रहेको छ । शोधकर्ताले बताए अनुसार यो अवस्था पनि आउने छ, जब जापान विल्कुल एक्लो महसूस गर्नेछ किनकि जापानमा एक व्यक्ति मात्र बाँकी रहने छन् ।

ब्रिटेनमा पनि यौनको बढावा दिनका लागि डेटिङ एप्सको शुरुवात गरिएको थियो । तर पनि ब्रिटिश युवाले यौनमा खास रुची देखाएनन् । यौनमा कमीको एक ठूलो कारण ज्यादा समय इन्टरनेटमा हुने खर्च हो । जापानमा यौनमा कमी आउनुका कारणहरुः जापानीहरु काममा धेरै समय खर्च गर्छन् ।

काममा धेरै समय विताउने भएका कारण उनीहरु धेरै थाक्छन् । जसका कारण यौन प्राथमिकतामा पर्दैन । औसत जापानी पुरुष एक हप्तामा ८० घण्टा काम गर्छन् ।

ज्यादातर जापानी महिला उनीहरु करियर तथा गृहस्थीको बीच कुनै एकलाई छान्न महत्व दिन्छन् । त्यसमध्ये उनीहरको प्राथमिकता परिवार बसाउनेमा कम रहेको देखिएको छ ।

यदी कोही युवालाई यौन, ड्रक्स र संगीतले आकर्षित गर्छ भन्ने तर्क गर्छ भने त्यो गलत हुने छ । बीबीबी न्युजको आलेख समाचारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?