गामबेसी दोहोरी साँझमा भाग लिने कलाकार जापान आइपुगे

जापान । गामबेसी दोहोरी तथा डाइनिङ बारको आयोजनामा हुन लागेको गामबेसी दोहोरी साँझ–२०१७ मा भाग लिने कलाकारहरु जापान आइपुगेका छन् ।

कलाकरहरु सन्तोषलाल परियार, दिप सागर मगर, रुपा घर्तीमगर, सरीता कार्की र विनु खड्का जापान आइपुगेका हुन् ।

कलाकारहरुलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरियो ।

कलाकारहरुलाई स्वागत गर्न उत्तम श्रेष्ठ, आलोक श्रेष्ठलगायतका आयोजकहरु विमानस्थल पुगेका थिए ।

कार्यक्रम यही ८ माचृका दिन शनिबार २–४–२६ मिगुरो कुमिनमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?