काठमाडौं । सिर्जनात्मकता र मेहनतको सवालमा जापानीहरूसँग कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले त उनीहरूले हासिल गरेका उपलब्धि अन्यसँग छैन । यहाँ हामी जापानीहरूका केही सिर्जनात्मकताका बारेमा चर्चा गर्नेछौं जसलाई अन्य देशले पनि अपनाउनु जरूरी हुन्छ ।
सार्वजनिक व्यायाम
जापानमा पार्क, स्कूल वा अफिस सबैतिर मानिसहरू व्यायाम गरिरहेका भेटिन्छन् ।
पर्यटकका लागि सबवे नेभिगेसन
जापान पुग्ने पर्यटकका लागि सबवे नेभिगेसन बनाइएका छन् जसले गर्दा उनीहरूलाई कहीँ पुग्न पनि अप्ठ्यारो हुँदैन ।
पार्सल डेलिभरी
जापानमा आफ्नो पार्सल पोस्ट गर्नु छ भने पोस्ट अफिसमा लाइन बस्नुपर्दैन । कुनै पनि पसलमा पार्सल दिए व्यक्तिको हातमा पुग्छ ।
कफी कपमा आइस क्युब
जापानमा बरफले भरिएको प्लास्टिक कप पाइन्छन् जसलाई किनेपछि तपाईंले त्यसमा कफी हालेर मजाले पिए हुन्छ ।
जगिङका लागि चेन्जिङ रूम
जापानका पार्कहरूमा जगिङ गर्नका लागि मानिसहरूले एउटा छुट्टै कोठामा गएर जगिङ गर्नुअघि र जगिङ गरेपछि कपडा बदल्न सक्छन् ।
छाता
जापानमा साइकलहरूमा छाता राख्नका लागि एउटा छुट्टै ठाउँ बनाइन्छ । पानी पर्नेबित्तिकै छाता खोलेर ओढ्न मिल्यो । अनि खराब मौसम र घामबाट बच्नका लागि सार्वजनिक ठाउँमा छाता राखिएको हुन्छ । जोकोहीले पनि सित्तैमा उक्त छाताको प्रयोग गर्न पाउँछ ।
अटोमेटिक साइकल पार्किङ
जापानका कैयौं ठाउँमा साइकल पार्क गर्ने अटोमेटिक व्यवस्था छ । त्यहाँ पुगेपछि तपाईंले साइकल छोड्नुभयो भने मशिनले आफैं पार्क गरिदिन्छ ।
कूलिङ स्प्रे
जापानीहरू शरीरमा कूलिङ स्प्रे हानेर हिँड्छन् जसका कारण गर्मीमा उनीहरूलाई शीतल हुन्छ ।
एजेन्सीको सहयोगमा