जापानबाटै साउदी अरवका कम्पनीहरुमा सेयर लगानी गर्न चाहनेहरुलाई अवसरै अवसर, भयो सम्झौता

जापान ।जापानको टोकियो सेयर बजारका सञ्चालनले साउदी अरबको सेयर बजार सञ्चालकसँगको सम्बन्ध मजबुत गर्न सहमति गरेका छन् ।जापानी अधिकारीहरुले विश्वकै सबैभन्दा ठुलो तेल कम्पनी साउदी आरामको आफ्नो सेयर बजार टोकियोमा सुचिकृत गरेका छन् ।

जापान एक्सचेन्ज समुह तथा साउदी अरबको सेयर बजारको मुख्य कार्यकारुी अधिकारीहरुका बीय यस्तो सम्झौतामा मंगलबार साँझ हस्ताक्षर भएको हो ।

साउदी सेयर बजारका मुख्य कार्यकारी अधिकृत अबदुल्लाह अल हसनले यो सम्झौताले जापानसँग लामो तथा समृद्ध सम्बन्धको सुरुवात गरेको बताए ।

अब जापानबाट साउदी अरबको सेयर बजारमा लगानी गर्न सहज हुने छ । साउदीको सेयर खरिद बिक्रीका लागि अब जापानबाटै सम्पुर्ण काम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?