यसकारण सुडानबाट फिर्ता आउँदैछ जापानी सेनाको टुकडी

जापान । प्रधत्रानमन्त्री सिन्जो आबेले गत वर्ष नै आफुले राष्ट्रि संघीय मिसन अन्तरगत सुडानमा कार्यरत जापानी सेनालाई फिर्ता बोलाउन चाहेको प्रष्ट पारेका छन् ।

सोमबार जापानी संसदको माथिल्लो सदनको एक समितिमा बोल्दै प्धानमन्त्री आबेले अब त्यहाँ दोस्रो इकाइलाई पनि नपठाइने बताए ।

हाल कार्यरत आत्मरक्षा बल इकायका सेनालाई फिर्ता बोलाएर अर्कै इकाइका सेनालाई पठाउने तयारी भएको भन्दै आबेको विरोध भएको थियो ।
जापानी संसदमा आबेले बताए अनुसार उक्त टुकडीले सुडानमा सहायता नपाएर छट्पटाइरहेकाहरुका लागि बचाउनका लागि गएको विश्वकै पहिलो टुकडी रहेको थियो ।

सांसदहरुले प्रधानमन्त्री आबेलाई किन सुडान मिसन अन्त्य गर्नु पर्यो अनि आलोचनाका बीच विग्रदो सुरक्षाका कारण फिर्ता बोलाइएको हो भन्दै प्रश्न गरेका थिए । आबेले सेप्टेम्बर देखि नै सेना फिर्ताका लागि आफुले पहल गरेको जवाफ दिएका थिए ।
आबेदे दक्षिण सुडानमा स्थिरताका लागि जापानी सेनाले खेलेको भुमिकाको पनि प्रशंसा गरेका थिए । उनले उक्त देशको राजधानी जुबामा जारी सडक निर्माण परियउोजना सम्पन्न भएपछि सुडानबाट सेना फर्कने बताए ।

सुडान सरकारसँग पनि यस बारेमा कुराकानी भैसकेको बताउँदै आबेले सुडान सरकारको सहमतिमा आफुले यस्तो गर्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?