एनआरएनए जापानको सदस्यता वितरण अब एप्सबाट, आगामी कार्यतालिका सार्वजनिक (भिडियो सहित)

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आगामी कार्यतालिका सहित मोवाईल एप्स सार्वजनिक गरेको छ ।

नयाँ सदस्यता तथा नविकरण गर्न सकिने व्यवस्था र आगामी कार्यक्रमको बारे एक पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।

एपल स्टोर आईओएसबाट NRNA JAPAN (क्लिक गर्नुहोस्) डाउनलोड गर्न सकिने हुदा प्रयोगकर्ताले सजिलै घरमै बसेर नयाँ सदस्यता पाउने र पूराना पंजिकृत सदस्यहरुले नविकरण गर्न सक्ने एनआरएनए जापानका अध्यक्ष सुदन थापाले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिए । सोहि क्रममा सदस्यता लिने तरिका सहितको भिडियो प्रदर्शन गरिएको थियो । सो भिडियो हेर्न NRNA JAPAN यहाँ क्लिक गर्नुहोस् ।

आईफोन (आईओएस) प्रयोगकर्ताहरुका लागि मात्र आज राती १२ बजेबाट खुल्ला गरिने र एनरोईड प्रयोगकर्ताका लागि समेत ध्यानमा राखी छिट्टै सोको समेत व्यवस्था गरिने अध्यक्ष थापाले बताए ।

पत्रकार सम्मेलन मार्फत एनआरएनए जापानले जारि गरेको आगामी कार्य तालिका यस प्रकार छन् ।

  • १२ मार्च २०१७ देखि सदस्यता आवेदन दर्ता खुला गरिने
  • ३० मे २०१७ देखि सदस्यता आवेदन दर्ता बन्द गरिने
  • ५ जुन २०१७ पहिलो नामावली प्रकाशित गरिने
  • ६ देखि ९ जुन २०१७ नामावलीको दावी विरोध
  • १० जुन २०१७ अन्तिम नामावली प्रकाशित
  • १५ जुलाई २०१७ सम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरिने
  • १३ अगष्ट २०१७  केन्द्रीय अधिवेशन सम्पन्न गरिने
  • २४ अगष्ट २०१७ तीज फेष्टिवल आयोजना गरिने
  • २६ र २७ अगष्ट २०१७ नेपाल फेष्टिवल आयोजना गरिने
  • २ सेप्टेम्वर २०१७ सम्ममा केन्द्रीय चुनाव सम्पन्न गरिने

पत्रकार सम्मेलनका क्रममा बोल्दै थापाले भने सेन्दाईमा रहेका नेपालीलाई समेट्न तोहोकु क्षेत्रीय समित गठन गर्न लागेको बताए । थप नयाँ गठनसंगै अब एनआरएनए जापानको १३ क्षेत्रीय समिति हुने भएको छ ।

त्यस्तै गरी एनआरएनए जापानको अगुवाईमा नेपाल फेष्टिवल आयोजना गरिने र सो को लागि उएनो पार्क बुक गरिएको अध्यक्ष थापाले बताए ।

सो कार्यक्रममा एमाले नेता तथा पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथिको रुपमा थिए भने विशेष अतिथिमा  एसिया प्यासिफिक संयोजक किरण विक्रम थापा,  एसिया प्यासिफिक सदस्यहरु ओम गुरुङ, कपिलदेव थापा लगायतको उपस्थिति रहेको थियो । साथै विभिन्न संघ सस्थाका जिम्मेवार व्यक्तिहरुको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो । कार्यक्रम संचालन महासचिव अनुज थापाले गरेका थिए ।

पत्रकार सम्मेलनमा कसले के बोले क्लिक गरी हेर्नुहोस् 

एनआरएनए जापानको सदस्यता लिने नयाँ तथा पंजीकृत सदस्यले जापानका विभिन्न स्थानबाट २० देखि ५० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

छुट पाईने स्थानहरु:

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?