दक्षिण कोरियासँग अब कस्तो होला जापानको सम्बन्ध, आबेले थाले सम्झौता कार्यान्वयनको पहल

टोकियो । दक्षिण कोरियाकी राष्ट्रपति पार्क कुनेलाई महाअभियोग लागिसकेको अवस्थामा कम्फर्ट वीमेन सम्बन्धी सम्झौता कार्यान्वयन हुने कि नहुने भन्ने बारे बहस सुरु भएको छ ।

जापानी अधिकारीहरुले सन् २०१५ मा भएको विदेश मन्त्री स्तरिय सम्झौता कार्यान्वयन हुनेमा शंका व्यक्त गरेको हो । प्रधानमन्त्री सिन्जो आबेले सम्झौता कार्यान्वयनका लागि नयाँ पहल थाल्ने तयारी गरेका छन् ।

 

सम्झौता अनुसार दुई देशले यो विवाद समाधानका लागि एक अर्कालाई सहयोग गर्ने र उक्त शालिक त्यहाँबाट हटाउने उल्लेख थियो ।

 

जापान सरकारले कोरियाको नयाँ राष्ट्रपतिले यो सम्झौता कार्यान्वयनमा सहयोग युर्याउने विश्वास व्यक्त गरेको छ ।

 

गत वर्ष दक्षिण कोरियाको पुसान सहरस्थित बाणिज्य दूतावास अगाडि कम्फर्ट वीमेनको शालिक राखिएको थियो, जसका कारण दुई देश बीच विवाद जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?