अमेरिकामा रहेका जापानी नागरिक, जस्ले ट्रम्पलाई दिँदैछन् चुनौती

वासिंटन । नागरिक अधिकारको वकालत गर्ने जापानी मुलका एक अमेरिकी कार्यकर्ता र उनकी छोरीले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो यात्रा प्रतिवन्ध रोक लगाउन आग्रह गरेका छन् ।

ट्रम्पले गत सोमबार नयाँ शासकीय आदेश जारी गर्दै छ मुस्लिम बाहुल्य देशहरुमा प्रतिवन्ध लगाउने बताएका थिए ।
हवाई राज्यकाो एक क्षेत्रिय अदालतमा मुद्दा दायर गर्दै नयाँ यात्रा प्रतिवन्धमा रोक लगाउन माग गरिएको हो ।
कैरेन कोरेमात्सु र नाफारहित संगठन कोरेमात्सु केन्द्रले संयुक्त रुपमा हवाई राज्यमा अपिल दर्ता गरेका हुन् ।

उनीहरुले विश्व धर्म र नागरिकको अधिकार विपरित यो आदेश आएको दाबी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?