जापानको अर्थतन्त्रमा सकारात्मक परिवर्तन, के होला कामदारलाई फाइदा ?

टोकियो । विश्वकै तेस्रो ठुलो आर्थिक शक्ति भएको मुलुक जापानको अर्थब्यवस्थामा विभिन्न स्वरुपगत परिवर्तन आउँदा पुँजीगत खर्च पनि ह्वात्तै बढेको छ ।
गत वर्षको अन्तिम तीन महिनामा मात्रै करिब एक दशमलव दुई प्रतिशतले पुँजीगत खर्च बढेको जापानको अर्थमन्त्रालयले जनाएको छ ।

यो तथ्यांक विगत चार वर्ष यताकै सर्वाधिक रहेको पनि मन्त्रालयले जनाएको छ ।

जापान सरकारले देशको आर्थिक गतिविधि बढीरहेकाले सरदर एक दशमलव ६ प्रतिशतले आर्थिक गतिविधि बढेको जनाएको छ ।

जापान सरकारले पुँजीको बृद्धिले विकास बढाउने र यसबाट राजश्व संकलनमा फाइदा पुग्ने जनाएको छ । जापान सरकारले व्यापारमा बढेको लगानीलाई अझै बढवा दिई अर्थतन्त्रलाई थप मजबुत बनाउन नयाँ रणनीति लिइने पनि जनाएको छ ।

यो सकारात्मक परिवर्तन भएको र यस्ले रोजगार दाता र श्रमिकलाई प्रत्यक्ष फाइदा पुग्ने जापानी अर्थविद्हरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?