जापानमा टाशी लामाको अध्यक्षतामा तामाङ कलाकार संघ गठन

जापान । परदेशमा रहेर पनि तामाङ जातीको कला, संस्कृति तथा धार्मिक मूल्य मान्यतालाई संरक्षण तथा सम्वर्द्दन गर्ने उदेश्य सहित विभिन्न पेशा तथा व्यवसायको शिलशिलामा जापान रहदै आएका सम्पूर्ण तामाङ कलाकारहरु संगठित भएका छन् ।

जापानको किनसेचुस्थित सुपर्ना एसियन इजागाया रेस्टुराँमा आयोजित भेलाले गायक टाशी लामाको अध्यक्षतामा २१ सदस्ययीय नयाँ कार्यसमिति सहितको ‘तामाङ कलाकार संघ’ गठन गरेको हो ।

‘ह्याङ्ला ग्योअी ह्याङ्लान काअी , जाम्बुलीङरीन ल्हेना लाअी ‘नारा बोकेको संगठनको उपाध्यक्षमा गायक कर्म दोङ तामाङ तथा महासचिवमा राज कुमार तामाङ चयन भएका छन । त्यस्तै भेलाले सचिवमा सोम लामा, कोषाध्यक्षमा सम्झना लामा, सल्लाहकारमा शिक्षा शान्ति वाइबा, राजेन्द्र लामा तथा रेशम लामालाई मनोनित गरेको छ ।

भेलामा सहभागी भएका लामाङ कलाकारहरुले कलाकारिता क्षेत्रको चुनौती  र सम्भावनाका बारेमा अा-आफ्ना अनुभव व्यक्त गरेका थिए ।
संगठनका उपाध्यक्ष कर्म दोङ तामाङले तामाङ जातिको मौलिक परम्परालाई यथावत राख्न तामाङ भाषालाई अन्य भाषामा उल्था गरि विभिन्न देशमा पुर्याउने लक्ष्य लिइएको बताएका छन ।

संगठित कलाकारहरुले संगठनको कार्यशैलीलाई गोपनियतामा राख्दै संगठनले समाजको विकास हेतु सन्देश मुलक विषयबस्तु पस्कदै जाने बताएका छन् ।

पत्रकार द्धय प्रेमिला गौचन तथा शिक्षा शान्ति वाइवाको रोहवरोहमा सम्पन्न प्रथम अधिवेशनमा सल्लाहकार शिक्षा शान्ति वाइबाले नव निर्वाचित संगठनका पदाधिकारिहरुलार्इ शपथ ग्रहण गराएका थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?