जापानका मानिस सधैं पातला किन हुन्छन ? जान्नुहोस् यस्तो छ खास कारण

टोकियो । विश्वका सबैभन्दा पातला मानिस भएको ५० देशको सूचीको ३८ औं नम्वरमा विश्वकै समृद्ध मध्येको एक देश जापान पनि छ । तर, विश्वका पातला मानिस हुने ५० वटा देश भित्रको कारणमा भने ती देशहरुमा विद्यमान गरिबी, भोकमरी र असुरक्षा लगायतका समस्या छन् । 

यहाँ गरिबी नहुँदा नहुँदै पनि मानिसको औसत वजन कम छ र विश्वकै ३८ औं नम्वरमा छ । जापानमा औसत दसमा तीन मासिन मोटा छन् ।

जापानमा मानिसको मोटोपना कम भएका कारण सरकारले वजन बढाउनेसँग सम्बन्धित नीतिलाई प्राथमिकता दिएको छ । बीबीसीले विश्व स्वास्थ्य संगठनको पश्चिम प्रशान्त क्षेत्रको पोषणविद् क्याट्रिना एंगेलहर्डसँग कुराकानी गरेको छ ।

क्याट्रिना एंगलहर्डटका अनुसार जापान मोटापानई हराउन सफल भएको छ । र, उसको सफलताको पछाडि सरकारी कमिटिको महत्वपूर्ण भूमिका रहेको छ ।

सरकारी कमिटीले मोटोपनामाथि नियन्त्रण, पोषण तथा स्वास्थ्य शिषासँग जोडिएका कार्यक्रमका लागि केही कानून बनाउने काम गरेको छ । सरकारको ‘हेल्थ जापान २१’ को माध्यमबाट यो अभियान चलाइएको छ ।

न्यूट्रिशन एक्सपर्ट क्याट्रीनाका अनुसार यी कदममा सरकारको मून्य कानून सामिल छ । दुवै कानून मोटोपनामाथि लगाम लगाउन सफल भएको छ । जापानमा सन् २००५ मा शुकु आइकु कानून लागू गरिएको थियो । यो कानून बच्चाको शिक्षासँग जोडिएको छ ।

यस कानूनको नाममा खास भाव लुकेको छ । क्याट्रीनका अनुसार शुकुको अर्थ भोजन, आहार तथा खानको वानी हो । त्यस्तै आईको को अर्थ बौद्धिक, नैतिक तथा शारीरिक शिक्षा हो ।

यस कानूको मदतमा बच्चालाई भोजनको मात्र, स्रोत तथा उत्पादनका बारेमा धेरै भन्दा धेरै जानकारी दिनु हुनेछ । उनीहरुलाई पोषणका बारेमा आवश्यक जानकारी दिनु हुनेछ ।

कानूनका अनुसार स्कूलमा बालबालिकाको स्वास्थ्य तथा खानपानसँग जोडिका मुख्य नियम पालन गर्न जरुरी हुनेछ ।
यस कानूनका अनुसार स्कूलमा कुनै स्टोर या वेंडिंग मेसिन राख्न पाइने छैन ।

यसबाट बालबालिकाका लागि चिप्स, सुगर सोडा जस्ता स्वास्थ्यका लागि हानिकारक चीज उपलव्ध हुनेछैन । ठूला मानिसको वजन नियन्त्रण राख्नका लागि मेटाबो कानून छ ।

मोटावामाथि नियन्त्रण गर्न सफल हुनुको पछि यस कानूनको पनि महत्वपूर्ण भूमिका रहेको छ । यो कानून ४० देखि ७५ को बीचका उमेर वालालाई प्रभावित गर्छ । यो कानून अनुसार हरेर जापानीलाई हरेक वर्ष आफ्नो कम्मको नाप लिन र त्यसको लेखा जोखा राख्न आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पुरुषको कम्मरको नाप ९४ तथा महिलाको ८० भएको खण्डमा उनीहरुलाई ह्रदय रोग, मोटाएका कारण लाग्ने रोगको खतरा बढ्न सक्छ ।

कम्मरको यो नापलाई लिएर केवल सार्वजनिक स्वास्थ्य प्रशासन मात्र नभएर कम्पनीहरुसमेत गम्भीर रहेका छन् । विश्व स्वास्थ्य संगठन का विशेषज्ञ का अनुसार, “कंपनीहरुले आफ्ना कर्मचारिका लागि सालमा एक दिन सारा कर्मचारीको कम्मको नाप दिनका लागि भनिएको छ ।’

जसको कम्मरको नाप सीमा भन्दा धेरै छ उनीहरुलाई थप कसरत गर्नलागि हेल्थ सेशनमा पठाउँछ । कानुन को उदेश्य मानिसको सही वजनका लागि जागरुक बनाउँनु र शारीरिक रूपमा सक्रिय राख्नु हो ।

मेटाबो कानूनका अनुसार कंपनियां आफ्नो स्टाफको कसरतका लागि रेस्ट ब्रेक दिन्छन् । केही कम्पनीमा जिम या बैडमिंटन कोर्टको सुविधा समेत हुने गरेको छ ताकि स्टाफ सजिलैसँग लञ्च या काम भन्दा पहिला या पछि कसरत गर्न सकुन् ।

यति मात्र होइन उनीहरुलाई पैदल हिड्न या साइकलमा यात्रा गर्नका लागि उत्साहित गर्ने गरिएको छ । जापानमा मानिस पारम्परिक खानालाई धेरै महत्व दिन्छन् ।

कैटरीन भन्छिन् , “उनीहरुको प्रयास ताजा तथा स्थानीय रूपमा उत्पादन गरिएका खाद्य पदार्थमा हुने गरेको छ ।“ जापानका मानिस जमिनमा उव्जिएको फल तथा सब्जी र खाद्यानको प्रयोग गर्छन् । उनीहरुले खाने खान कम मात्रमा पस्कने गर्दछन् । खाना भन्दा बढी मात्रामा साग सब्जी र फलफुलको प्रयोग बढी गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?