नेपाकेन जापानी भाषाको वक्तृत्वकलामा १७ जनाले प्रतिस्पर्धा गर्ने

जापान । यहि मार्चको तेस्रो साता टाेकियाेमा आयोजना हुने छैठौँ  जापानीज भाषा वक्तृत्वकला प्रतियोगिताकाे तयारि अन्तिम चरणमा पुगेको छ।

कार्यक्रमका संयोजक शंकर बराईलीले प्रतियोगितामा भाग लिनका लागि १७ जना उत्कृष्टलाई छनोट गरिएको जानकारि दिएका छन् ।

कार्यक्रमको छनोटमा परेका १७ जनाले फाईनका लागि प्रतिस्पर्धा गर्नेछन । यस प्रतियोगितामा प्रथम हुने सहभागीले पुरस्कार स्वरुप ५० हजार जापानी येन, दोस्रोलाई ३० हजार र तेस्रोलाई २०हजार येनका साथै दर्शकहरूको रोजाइमा पर्ने एकजना प्रतियोगिलाई १० हजार येन नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

कार्यक्रम प्रचारप्रसार संयोजक मदन चापागाईले कार्यक्रमको प्रचारप्रसारलाई तिव्र बनाइएको बताउदै सबै क्षेत्रबाट उल्लेख्य साथ र सहयोग मिलेको जानकारी दिएका छन् । यसका साथै कार्यक्रमलार्इ भव्य  रूपमा सम्पन गर्नको लागि स्वयंसेवकका लागि समेत आवेदन खुला गरिएको छ ।

विगतका वर्षहरुमा समुदायको सहयोगमा संचालन हुने यस कार्यक्रम यस वर्ष भने संस्थाका अध्यक्ष जिज्ञानकुमार  थापाको पहलमा रिस्योउ विश्वविद्यालयसंग समन्वय गरि संचालन हुने भएको हो ।

कार्यक्रम हुने मिति,स्थान र समय

 मिति : २०१७/०३/२० सोमबार
 समय : १३:०० ~ १६:०० सम्म
 स्थान : रिस्योउ दाइगाकु सिनागावा क्यान्पस १४१-८६०२ टोकियो तोउ सिनागावा कु ओसाकी ४ – २- १६
 हल : इसिबासी तान्जान किनेन कोदो
आयोजक : नेपाल जापान अध्ययन केन्द्र (नेपाकेन) र रिस्योउ दाइगाकु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?