जापान । यहि मार्चको तेस्रो साता टाेकियाेमा आयोजना हुने छैठौँ  जापानीज भाषा वक्तृत्वकला प्रतियोगिताकाे तयारि अन्तिम चरणमा पुगेको छ।

कार्यक्रमका संयोजक शंकर बराईलीले प्रतियोगितामा भाग लिनका लागि २५ जनाको आवेदन परेको र त्यस मध्येबाट १७ जना उत्कृष्टलाई छनाेट गरिएको जानकारि दिएका छन् ।

कार्यक्रमको छनोटमा परेका १७ जनाले फाईनका लागि प्रतिस्पर्धा गर्नेछन । यस प्रतियोगितामा प्रथम हुने सहभागीले पुरस्कार स्वरुप ५० हजार जापानी येन, दोस्रोलाई ३० हजार र तेस्रोलाई २०हजार येनका साथै दर्शकहरूको रोजाइमा पर्ने एकजना प्रतियोगिलाई १० हजार येन नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

कार्यक्रम प्रचारप्रसार संयोजक मदन चापागाईले कार्यक्रमको प्रचारप्रसारलाई तिव्र बनाइएको बताउदै सबै क्षेत्रबाट उल्लेख्य साथ र सहयोग मिलेको जानकारी दिएका छन् । यसका साथै कार्यक्रमलार्इ भव्य  रूपमा सम्पन गर्नको लागि स्वयंसेवकका लागि समेत आवेदन खुला गरिएको छ ।

विगतका वर्षहरुमा समुदायको सहयोगमा संचालन हुने यस कार्यक्रम यस वर्ष भने संस्थाका अध्यक्ष जिज्ञानकुमार  थापाको पहलमा रिस्योउ विश्वविद्यालयसंग समन्वय गरि संचालन हुने भएको हो ।

कार्यक्रम हुने मिति,स्थान र समय

 मिति : २०१७/०३/२० सोमबार
 समय : १३:०० ~ १६:०० सम्म
 स्थान : रिस्योउ दाइगाकु सिनागावा क्यान्पस १४१-८६०२ टोकियो तोउ सिनागावा कु ओसाकी ४ – २- १६
 हल : इसिबासी तान्जान किनेन कोदो
आयोजक : नेपाल जापान अध्ययन केन्द्र (नेपाकेन) र रिस्योउ दाइगाकु
मिडिया सपोर्टर : नेपाल जापान डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?