जापानमा बसेर पनि बेरोजगार हुनुहुन्छ ? आउनुहोस् यी ६ सय कम्पनीमध्ये छानेर काम गर्नुहोस्

जापान । शैक्षिक योग्यता भएर पनि रोजगारी पाउन नसकेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै जापान सरकारले एक सम्मेलनको आयोजना गरेको छ । जापान व्यवसायी संघको आयोजनामा सम्पन्न सो सम्मेलन अध्ययन सकाएर रोजगारको प्रतिक्षामा बसेका युवा लक्षित कार्यक्रम हो ।

सम्मेलनमा जापानका करिब ६ सय कम्पनिले एक साथ नयाँ पुस्तालाई रोजगारीको लागि अफर गरेका छन ।

उक्तकम्पनीहरुले एआफ्नो कार्यक्षेत्र तथा व्यापार बारे युवा पुस्ताहरुलाई जानकारी दिनुका साथै जुन एक देखि सम्भावित कामदारहरुको लागि अन्तरवार्ता समेत लिने बताएका छन् ।

चिवामा भएको सो सम्मेलनमा कम्पनीका अधिकारीहरुले आफ्नो कार्यस्थलमा काम गर्ने राम्रो वातावरण, बालहेरबिचारमा जोड र लामो समय सम्म काम गर्नु नपर्नेसमेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?